बागलुङ, ९ मंसिर। बागलुङको ढोरपाटन नगरपालिका– ९ नविमा भीषण आगलागी भएको छ ।
आगलागीबाट ३० घर जलेका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोबाट धनको क्षति भए पनि नियन्त्रणमा आएको बताइएको छ ।











