काठमाडौं, ११ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

CPN-Party-officeकार्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक सरेको हो ।

पार्टीको तल्लो कमिटी, विभाग, जनवर्गीय संगठनहरुबीच एकताको काम नटुंगिएका कारण पनि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।