दाङ, १० कार्तिक । नयाँ मुलुकी ऐन लागु भएपछि दाङमा पुरुषहरुले सम्बन्ध विच्छेदका लागि मुद्दा तर्दा गराउने क्रम बढेको छ ।

divorceगत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।

भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले जानकारी दिए ।
तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् ।