काठमाडौँ, १० कार्तिक । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ ।

laisensaलिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल ९रिट्रायल० दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरूमध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै जाने गरेको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय भन्नुहुन्छ ‘अहिले नयाँ आवेदन देशभर लिइएको छैन, पुरानो बाँकी रहेको र रिट्रायलको काम भइरहेको छ । यो बीचमा सबै काम सकिन्छ, छठपछि नयाँ आवेदन खुला हुन्छ ।’ नयाँ आवेदनका लागि विभागले अनलाइनबाटै फाराम लिदै आएको छ ।