इन्द्रेणी संवाददाता
दाङ, १० कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलीरहेकोे समयमा जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ ।

juwa-ko-khalतुलसीपुर उपमहानगरपालिका ६ उत्तर कपरादेवीस्थित लक्ष्मण चौधरीको घरमा जुवा खेली रहेको समयमा ४० हजार १ सय ५५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको शुक्रवार उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । गोप्पे सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको भने पनि प्रहरीले पक्राउ पर्नेहरुको नाम भने खुलाएको छैन ।