केशरमान बुढाथोकी 

चितवन । नेपाली घरेलु क्रिकेटको संरचनामा हाल सम्मकै ठुलो धनराशीको पुरस्कार दिने दाबी गरिएको पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज क्लवले पनि भाग लिने भएको छ ।

यहि कार्तिक ९ गते देखि पोखराको पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिगमा उपाधि हात पार्ने अन्तिम तयारी गरि चितवन राइनोजको टिम मंगलबार चितवनको भरतपुरबाट पोखरा प्रस्थान गरेको हो ।

गत सोमबार साँझ चितवनको भरतपुरमा विशेष कार्यक्रमको आयोजना गरि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनबाट बिजयको शुभकामना सहित बिदाई गरेकी हुन् ।

खेलको अन्तिम तयारी पुरा गरि खेलाडिहरु पोखरा प्रस्थान गर्नु अघि चितवन राइनोज क्लवका अध्यक्ष राहुल महराले भने -” नेपाली क्रिकेट इतिहाँस मै हाल सम्मको सर्वाधिक ठुलो धनारासीको खेलमा हाम्रो क्लवले पनि भाग लिएको छ । घरेलु मैदानमा हुने यस्ता खेलहरुले क्रिकेटका खेलाडि तथा क्रिकेट प्रेमीहरुलाई हौसला दिने गर्छ । यो सकारात्मक कुरा हो । खेलमा सहभागी भएपछी जो कोहीलाई पनि उपाधि जित्छु भन्ने हौसला हुन्छ अहिले हामीलाई पनि त्यस्तै भएको छ । त्यसैले हामी पनि अन्तिम तयारीमा जुटेका छौं  ।”

त्यस्तै प्रिमियर लिगको अन्तिम तयारीमा जुटेका चितवन राइनोज्का मार्की प्लेयर पारस खड्काले -” भने नेपाली घरेलु क्रिकेटको संरचनामा हाल सम्मकै ठुलो धनराशीको क्रिकेट प्रतियोगितामा म पनि चितवन राइनोजबाट खेल खेल्दैछु सम्पर्ण क्रिकेट प्रेमीहरुले चितवन राइनोजको टीमलाई सपोर्ट गरिदिनुहोला ।”

यस्ता छन् चितवन राइनोजका खेलाडी 
चितवन राइनोजका अध्यक्ष राहुल महरा हुन् भने मार्की खेलाडी पारस खड्का । अन्य खेलाडीमा शक्ति गौचन, अनिल कुमार शाह, भुवन कार्की, विनोद लामा, हरिशंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, आकाश थापा ,सनिल अधिकारी , गौतम केसी र प्रशान्त आचार्यले टिममा सहभागी हुने छन् । आयोजकले अनिवार्य गरेको दुई जना विदेशी खेलाडीहरुमा सन्नी पट्टेल र स्मीत पट्टेल रहेको चितवन राइनोजका अध्यक्ष राहुल महराले बताए ।