शंकर के सी
सल्यान, ६ कात्तिक । वल्र्डलिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोटस्थित टावरमा तोडफोट भएको छ ।

tawarगएराती वल्र्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेको वल्र्डलिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारी दिएका छन् । तोडफोड हुँदा अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायतका जिल्लामा इन्रनेट सेवा अवरुद्ध भएको छ ।

चाड मान्न सुरक्षा गार्ड घर गएको मौका छोपि अज्ञात समूह वा व्यक्तिले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तारहरु काटी रेडियो उपकरणहरु झिकेर लगेको शर्माले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कति सामान चोरी र क्षती भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा सुचारु गर्नका लागी पहल थाल्न वल्र्ड लिंकको प्राविधिक टोली कपुरकोट आउन लागेको बताइएको छ ।