काठमाडौंँ, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बुधवार वस्ने भनिएको बैठकको तयारी नपुगेको भन्दै आज बिहानका लागि बैठक सारिएको हो ।

ncpबैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको बतायएको छ ।

प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक बिहीबारसम्मका लागि सारिएको नेकपाले जनाएको छ । बैठक आज ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।