दाङ, २६ असोज । तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आयोजनामा संचालित जिल्लास्तरीय तरुण कप फुटबल प्रतियोगिता २०७५ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

ballaतरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिल बाबु डाँगीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको कुल ३ लाख ४२ हजार बजेटमा खर्च तर्फ ३ लाख १८ हजार ९ सय ७७ रुपैया र बचततर्फ २३ हजार २३ रुपैया सर्वसहमतीले अनुमोदन गर्दै आयव्यय विवरण सार्वजनिक गरेको हो ।

जसअन्र्तगत प्रतियोगिताको पुरस्कारतर्फ ७७ हजार ७ सय ७७, कप, मेडल, प्रमाणपत्रमा २७ हजार २ सय, त्यस्तै सम्मान पत्रमा ६७ हजार, टेन्ट १० हजार, प्रपोजल निर्माण १० हजार, पानी, गुल्कोजमा २० हजार, खेलमैदान तारवारका लागि डोरी खरिद १२ हजार, चुना १५ हजार, व्यानर १० हजार, अतिथी सत्कार तर्फ १० हजार र विविध तर्फ १५ गरी सो विवरण सार्वजनिक गरिएको अफीसीयल संयोजक केशव चौधरी मिङमाले जानकारी दिए ।

बैठकले बचत मध्यको २३ हजार २३ रुपैयालाई समाजीक कार्यमा खर्चिने पनि निर्णय गरेको छ । प्रतियोगिता संचालनका लागि उद्योगपती, खेलप्रेमी व्यक्तीत्व, विभिन्न संघ÷सस्था लगाएतबाट ३ लाख ४२ हजार आर्थिक संकलन भएको थियो ।