घोराही, २६ असोज । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले चाडपर्वमा रमाईलो गर्ने बहानामा कुनै पनि अबान्छीत कार्य नगर्न सबैलाई अपिल गरेका छन् ।

narulalaनगर प्रमुख चौधरीले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै चाडपर्वमा रमाइलो गर्ने नाममा बिभिन्न बिकृतिजन्य कार्यहरु हुने भन्दै त्यसो नगर्न नगरबासीलाई अपिल गरेका हुन् ।

रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, मदिरा पिएर होहल्ला तथा झैझगडा गर्ने र अपराधिक कार्यहरु समेत हुने गरेको भन्दै नगर प्रमुख चौधरीले यस्ता कार्यमा संलग्न नहुन नगरबासीहरुलाई आग्रह गरेका हुन् ।

चाडपर्वमा ठूलो धनराशीको बाजी राखेर जुवा खेल्ने, मदिरा पिउने कार्यले कसैको पनि हित नगर्ने भन्दै नगर प्रमुख चौधरीले संस्कृतीलाई बचाउने शैलीबाट मनाउन अपिल गरेका छन् । संस्कृति बचाउने नाममा बिकृति भित्रि रहेकोतर्फ सबै सचेत बन्नु पर्ने उनको सुझाब छ ।

जुवातास खेलेकै भर र मदिरा पिएको कारण विभिन्न घटनाहरु हुने भएकाले बेलैमा सचेत बन्न आग्रह गर्दै चौधरीँले गल्ती गर्नेलाई कानुन बमोजिक कार्वाही हुने चेतावनी समेत दिएका छन् ।