इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । दाङको घोराहीमा सञ्चालनमा आएको युनिक मार्केटको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

unikकोशिस फाउन्डेशनको व्यवस्थापनमा घोराही उपमहानगरपालिका १५ को तुलसीपुर चोक नजिकै यो सुपर मार्केटको उद्घाटन राष्ट्रिय सभाका सदस्य अनिता देवकोटाले गरेकी हुन् ।

१ करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको उक्त मार्केटमा ४३ वटा सटर रहेका छन् ती सटरहरुमा फेन्सी, कस्मेटिक, गिप्टपसल, इलेक्ट्रोनिक पसलहरु सञ्चालन भएका छन् ।

विशेष गरी युवाहरुलाई व्यवसायमा आर्षित गर्नका लागि यो मार्केट सञ्चालनमा ल्याइएको मार्केट सञ्चालक समितिका अध्यक्ष शालिकराम खनालले बताए ।

मार्केट सञ्चालन समितिका अध्यक्ष शालिकराम खनालको अध्यक्षतामा भएको  कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, चेम्पर्स अफ कमर्सका अध्यक्ष दिपक सुवेदी, घोराही उपमहानगरपालिका १५ का अध्यक्ष रमेश पाण्डेलगायतले आफ्ना विचार राखेका थिए ।