काठमाडौँ, २४ असोज । नेपालीहरुको महान चाड बडादशैँ आजदेखि शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापना । आज आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।

dashain fulapathiपूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार विहान ७ः१५ बजे घटस्थापनाको शुभ साइत छ ।