डडेल्धुरा, २३ असोज । बझाङको बुङ्गल नगरपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

accidentमृत्यू हुनेमा बेदकोट नगरपालिका–५ कञ्चरपुर बस्ने ६५ वर्षीया विष्नादेवि बोहरा र घोडाघोडी नगरपालिका ५ कैलालीका ५६ वर्षीया धनबहादुर बोहरा र प्रेम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भएको छ ।
गम्भीर घाइते हुनेहरुमा कञ्चनपुर बेदकोट नगरपालीका बस्ने ३० बर्षिया मुडु बोहरा, १० बर्षिया कविता बोहरा, १२ बर्षिया माया बोहरा, ४३ बर्षिया लालमती बोहरा रहेका छन् ।

यस्तै सोही ठाँउका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा रहेका छन् । यस्तै घाईते हुनेमा बुंगल नगरपालीका ६ का नरेन्द्र कुवर, कृष्ण कुवर, बुंगल नगरपालीका ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

जीप दुर्घटनामा परी चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती रमेत घाइते छन । बागथलाबाट बिजगडा जाने क्रममा ठिमिबगर भन्ने ठाउँमा बिहान साढे ६ बजे से १ ज ७२६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको थियो ।