काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्ष विना नै सकिएको छ ।

usummआज विहान ८ बजे वसेको बैठकमा पार्टी भित्रको विवाद तथा एकता प्रक्रिया टुंगो लगाउने भनिए पनि नेताहरुले विदेश भ्रमणलगायतका सामान्य विषयमा छलफल गरी बैठक सकिएको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण, वरिष्ठ नेता माधवकुमार नेपालको चीन तथा घानाको भ्रमण र प्रवक्ता श्रेष्ठको नेतृत्वमा भएको चीन भ्रमणबारे अवगत गराइएको थियो ।अर्काे बैठकका लागि २४ गते बिहान ८ बजे मिति तय गरिएको छ ।