रोल्पा, २२ असोज। चाड पर्व नजिकिदै गर्दा रोल्पामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

khadeयातायातको भाडा वृद्धि भएको, विभिन्न कर वृद्धि भएको भन्दै व्यापारीहरुले चाडपर्वको मुखैमा सबैजसो दैनिक उपभोग्य वस्तुमा १० देखि २० प्रतिशतसम्म मृल्य वृद्धि गरेपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।

चामलमा प्रतिकिलो ५ देखि १० रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, दालमा प्रतिकिलो १० रुपैयाँ, खाने तेलमा प्रतिलिटर १० रुपैयाँ र मैदामा प्रतिकिलो ५ रुपैयाँका दरले मूल्य वृद्धि भएको व्यावसायीहरु बताउछन् ।