इन्द्रेणी संवाददाता
दाङ, २२ असोज । आइतवार दिउँसो सडक दुर्घटनामा परी शरीरमा तीन वटा सरिया छिरेकी तिला परियारको सफल अप्रेसन भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा झण्डै एक घण्टाको अप्रेशन गरी शरीरमा छिरेका सरिया निकालिएको तिलाका आफन्त जनक नेपालीले जानकारी दिएका छन् ।

accdentttआइतवार करीव ३ बजेको समयमा घोराहीको सहिद गेट नजिकै दुई मोटरसाइकल आपसमा ठोकिएर तिलालाई ठक्कर दिदा नजिकै सरिया लोड गरेको टेक्टरमा जाँदा उनको शरीरमा सरिया छिरेका थिए । उपचारका लागि आइतवार नै भैरहवा लगिएकी तिलाको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । करीव साढे २४ घण्टा पछि उनको शरीरमा छिरेका तीन सरिया निकालिएको हो ।

आइतवार रा ३ प ५२५८ नम्बरको मोटरसाइकल र लु ४३ प २४२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकीदा अनियन्त्रित भएर तिला परियारलाई ठक्कर दिएका थिए । मोटरसाइकलको ठक्करबाट सडकबाट उछिट्एिकी परियार नजिकैको सरिया बोकेको टेक्टरमा ठोकिन पुगिन र उनका शरीरमा तीन बटा सरिया छिरेका थिए ।