दाङ, २१ असोज । जललजा बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले जलजाला सहकारी संस्थाले विपन्न आर्थिक अबस्था भएका शेयर सदस्यको आर्थिक स्तर बृद्धि गरेको वताएका थिए ।

43294898_175884999963462_5259758791976550400_nविपन्न समुदायको आर्थिक विकास गर्नका लागि ऋण प्रवाह गरी आर्थिक विकासमा सहयोग पु¥याएको वताएका थिए । कार्यक्रममा घोराही उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितीका संयोजक तथा वडा नं। १४ का अध्यक्ष शक्तिराम डाँगीले आर्थिक विकासको पहिलो आधार सहकारी बनेको वताए ।

हाल सहकारीमा ८ सय ५२ जना शेयर सदस्य आवद्ध रहेका छन् । साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष खगेन्द्र पुनले आर्थिक बर्ष २०७५ ÷०७६ मा शेर पूँजी ८९ लाख ९१ हजार ५० रुपैयाँ रहेको र जगेडा कोष १५ लाख ९८ हजार ५ सय ९२ रहेको जानकारी दिए । संस्थाको निक्षेप संङ्कलन २ करोड ४३ लाख ८० रहेको छ ।

संस्थाका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमा डि।सी, बेदप्रसाद खनाल, जीतबहादुर घर्ती शुसिला आचार्य लगायतले शुभकामना व्यक्त गरेक थिए ।