काठमाडौं, २१ असोज। बाजुरा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द कुटिएका छन् ।

hahaशनिबार राति कोठामा सुतिरहेको बेला तीनजनाको समूहमा आएर ढोका खोल्न लगाएर कुटपिट गरेको चन्दले बताए ।

राति ९ : ३० बजेतिर वडा नम्बर ८ का अध्यक्षले बोलाएको भन्दै कोठा खोल्न लगाएका थिए । तर आफूले राति भएकाले ढोका नखोलेपछि ढोकामा लात्तीले बजारेपछि कोठाको ढोका फोरेर कोठाभित्र प्रवेश गरी आफूमाथि हातपात गरेको चन्दले जानाकारी दिए ।