इन्द्रेणी संवाददाता

दाङ , २० असोज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते घाइते भएका छन ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हाइस गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा जंगलमा दुर्घटना हुँदा हाइसका चालक र सवार ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकलकलेज लागिएको छ । घाइते मध्य ६ जनाको अबस्था गम्भीर छ ।

प्रत्यक्षदर्शीका अनुसार हाइस गाडिले लगातार ३ वटा गाडी लाई ओभरट्याक गर्न खोज्दा भयानक दुर्घटना हुनपुगेको हो ।

यो समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन ।