इन्द्रेणी संवाददाता
बाँके, २० असोज । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ज्यान गुमाउनेको संख्या छ पुगेको छ ।

accdentआज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए । दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन् ।