इन्द्रेणी संवाददाता
दाङ, २० असोज । दाङको घोराहीस्थित नवलपुर युवा क्लवले केशरसिंह श्रेष्ठ स्मृति फुटवल प्रतियोगिता आयोजन गर्ने भएको छ । आगामि मंसिर २७ गतेदेखि सञ्चाल हुने उक्त प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ ।

43260393_695382570828806_5925545595497349120_nखेलमा जम्मा ८ वटा क्लब जिल्ला प्रशासनमा कार्यालय तथा जिल्ला खेलकुद परिषदमा दर्ता भएका क्लवले मात्र भाग लिन पाउने बताइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार २५ हजार ५ सय २५ रुपैयाँ र सेमिफाइनलमा पुगेका सबै टिमलाई ५ हजारका दरले पुरस्कार, सिल्ड मेडल र ट्रफीले पुरस्कृत गरिनेछ ।

43222781_243407869852120_6192473015465279488_nकेशरसिंह श्रेष्ठका नाति सुभाष श्रेष्ठले खेलाडी आफ्ना स्वर्गीय हजुरबुबाको सम्झनामा आयोजन गर्न लागिएको प्रतियोगितामा टाढाबाट आउने खेलाडीलाई खाना र वस्नाको पनि व्यवस्था रहेको आयोजकले बताएको छ ।

43167130_178899276342792_404049911659626496_n प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क स्वरुप ५ हजार तोकिएको छ ।

43239916_615420472210636_2730481482261856256_nजिल्ला प्रशासनमा कार्यालय तथा जिल्ला खेलकुद परिषदमा दर्ता भएका क्लवहरु यसप्रकार छन् :-

  • नवलपुर युथ क्लव
  • सनस्टार युवा क्लव रोल्पा
  • एस एस एफ ए तुलसीपुर
  • सक्सेस फुटबल क्लब तुलसीपुर
  • न्यु स्टार फुटबल नरायनपुर
  • यु एन बिसी घोराही
  • राप्ती क्लब घोराही
  • किसान जागृत युवा क्लव घोराही