काठमाडौँ, ११ भदौ। आइतवार साँझ महोत्तरीमा अपहरण परेकी  सात महिनाको बालिका हत्या भएको छ ।  बालिकाको शव सोमबार घरदेखि केही पर बगैंचामा फेला परेको छ । शवको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले बताएको छ ।

bachhaआफ्नै पसलमा खेल्दै गर्दा एक अपरिचित व्यक्तिले झुक्क्याएर ती वालिकालार्इ लगेका थिए । औरही नगरपालिका वडा नं. १ स्थित फेन्सी पसलको काउण्टरमा खेल्दै गरेकी बालिका सोनाली चौधरीलाई लगिएको थियो ।

आइतबार साँझ ६ः३० मा पसलमा आएका अपरिचित व्यक्तिले बच्चाकी आमालाई म दाइलाई चिन्छु भन्दै बच्चा खेलाउन थालेको र सोही क्रममा झुक्क्याएर लगेको बालिकाका पिता सन्तोष चौधरीले बताए । वालिका मृत फेला परेकी छन् ।