वुटवल ११ भदौँ । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

bisesजेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका थिए ।