चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले साउनभित्रै प्रदेश, जिल्ला र स्थानीय तहमा एकताका सबै प्रक्रिया टुङगोमा पुग्ने बताएका छन् ।

pm parchandशुक्रबार चितवन भरतपुरमा आयोजित कार्यक्रममा दाहालले प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटिहरु एकीकृत हुने बताए । अहिलेकाषे परस्थितिलाई विषलेशन गर्दै उनले देश विदेशका पुँजीवादी शक्तिहरु नेकपाको पार्टी एकताबाट आत्तिएको बताए ।

मुलुकमा फेरि अस्थिरता र अराजकता कायम गर्न खोज्ने तत्व सल्बलाएको समेत उनको आरोप थियो ।