गोविन्द खड्का
घोराही, २९ असार । सेतो प्लेटको पहे“लो टिप्पर बुधवार दिउँसो शहिद गेट अगाडि झ्याप्पै रोकियो । टिप्परबाट सेतो कपडा लगाएका एकहुल व्यक्ति ह्वार ह्वारर्ती झरे । उनीहरुले गुडिरहेको आ“पको ठेला जुरुक्कै उठाए र त्यहि टिप्परभित्र खसाले ।

36878573_1975462892487616_2587680631487987712_n(1)झायानेकुटि पारेर टिप्परमा ठेला हालिरहेको दृश्यले होटलमा चिया नास्ता गरीरहेका ग्राहकको पनि ध्यान तान्यो । बाटोमा हिड्नेहरुले पनि के हो के हो भन्दैथिए । ठेला चालक चुपचाप टिप्परमा उकालीरहेको ठेला हेरे । ठेला चढाइ सकेपछि कर्मचारीहरु टिप्परमा उक्लिए । टिप्पर उत्तरतिर अघि बढ्यो । टिप्पर भित्र जनपथ, टाफिक प्रहरी र घोराही उपमहानगरपालिकाका कर्मचारीहरु थिए ।

बजारका विभिन्न क्षेत्रमा पुगेको टिप्परले दुईवटा ठेला फलफुल सहित उठाएर लगेको उपमहानगरपालिकाका कर्मचारीहरुले जानकारी दिएका छन् । उनिहरुका अनुसार एउटा ठेला समात्ने वित्तीकै बजारका अरु लुके । ‘उनीहरुको कनेकसन त खतरा हुदो रहेछ’ नियम विपरीत गुडेका ठेला छोप्न हिडेका एक कर्मचारीले भने, ‘फोन गरिदियो होला । बजार भरीका ठेला कता गए कता ?’ उनका अनुसार चाडै हल्ला फैलियो र लुके । भेटिएका जतिको नियन्त्रणमा लिईयो ।

बजार भरी घुमेर नौ वटा ठेला उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो । तीनका सबै फलफुल तथा अन्य सामानहरु कार्यालयबाटै फिर्ता दिएको सरसफाइ कर्मचारी अर्जुन आचार्यले जानकारी दिए । ठेलाहरु भने फिर्ता गरीएको छैन । शहर व्यवस्थित गर्ने विगत देखिकै अभियान अन्तर्गत ठेला नियन्त्रणमा लिईएको हो । तोकिएको स्थान बाहेक अन्त राख्न दिइदैन ।

छर्पस्ष्ट रुपमा बजार भरी ठेला राख्न नदिने उपमहानगरपालिकाको नीति रहेको घोराही उपमहानगरपालिकाका उद्योग वाािणज्य तथा पर्यटन समितिका संयोजक रमेशकुमार पाण्डेयको भनाइ छ । घोराही १५ का अध्यक्ष समेत रहेका पाण्डेयका अनुसार शहरलाई गज्याङ मज्याङ र अव्यवस्थित हुन दिइने छैन । सडकमा केरा, आप खाएर बोक्रा फाल्ने र फोहर बढाउने, जथाभावि अड्याएर दुर्घटना निम्त्याउने भएकाले पनि ठेला व्यवस्थित गरिएको छ । व्यवसायीलाई मर्का पर्न नदिने उपमहानगरपालिका सजग रहेको पाण्डेयले बताए । घोराही १५ को घरेलु शिल्पकला, घोराही १४ को बालमन्दिर, दाङ उद्योग वाणिज्य संघको नजिक, कवर्ड हल लगाएतका क्षेत्र ठेला तथा अन्य व्यापारको लागि तोकिएको छ । जहा सवारी साधन र पैदल यात्रुको चहल पहल कम हुन्छ त्यहि मात्रै गर्न पाइन्छ ।

त्यसबाहेक बजारका अन्य क्षेत्रको फुट पाथको व्यवसाय बन्द गराउने उपमहानगरपालिकाले जनाएको छ । नियन्त्रणमा लिइएका ठेलाहरु दर्ता गरी नियमित कर तिरेको लाई जरिवाना गरी छोडिने अध्यक्ष पाण्डेयले बताए । जसले ठेला दर्ता गरेको छैन, कर तिर्दैन उसको ठेला उपमहानगरपालिकाले जफत गर्न सक्ने बताउनुभयो । ढ्याप्ली देखि हरेक व्यवसायले पसल दर्ता गराउनुपर्ने उपमहागरको उर्दि छ । नेपाल बैक अगाडि, बालमन्दिर, तुलसीपुर चोक, रझेना जाने पिपलबुटा लगाएतको क्षेत्रमा अनधिकृत रुपमा बाटोमा फिंजेर वा ठेलाको व्यवसाय नगर्न आग्रह गरेको छ । त्यसता व्यवसायीको जति बेला पनि जफत गर्न सक्ने चेतावनी दिएको छ ।

नालादेखि साढे दुई मिटरसम्म कुनै पनि संरचना खडा गर्न नदिने उपमहागरपालिकाको नियम छ । तीन मिटर पछाडि बाट ढ्याप्ली वा अन्य संरचना गराएकोले पनि सुहाउदो तरिकाले ठड्याउर्नुपर्ने छ । शहरुको श्वरुप विगारेको महशुस गरेमा जतिबेला पनि ढ्याप्ली वा अन्य संरचना हटाउन सकिने अध्यक्ष पाण्डेयले जानकारी दिए । जथाभावि पसलका सामान फिंजने वा अन्य बस्तुहरु नराख्न चेतावनी दिएको छ । नाला बाहिर पर्नेगरी राखेका भाडा वर्तन, कपडा वा अन्य वस्तुहरु उपमहानगरपालिकाले उठाएर लैजाने बताएको छ । कुनै पनि पसल व्यवसाय सन्चालन गर्ने भए अग्रिम दर्ता गराउन आग्रह गरको छ । दर्ता नगरेर कुनै पनि व्यवसाय वा कारोबार गरेको भेटिए जुनसुकै बेला कानुनि कार्वाही गरिने अध्यक्ष पाण्डेयले बताए ।