तुलसीपुर, १ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ का आगलागी पीडित विरवहादुर डाँगीलाई उपमहानगरपालिकाले राहत वितरण गरेको छ । पीडित डाँगीको घरमा पुगेर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले राहत वितरण गरेकी हुन् ।
उनले पीडित डाँगीलाई २ क्विन्टल चामल, तेल, त्रिपाल लगायतको सहयोग गरेकी हुन् । राहत वितरण कार्यक्रममा वोल्दै उपमेयर आचार्यलाई तत्कालका लागि सामान्य राहत दिएपनि सहयोगलाई निरन्तरता दिने वताईन् ।
राहत वितरणमा वडा नम्वर १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, कार्यपालिका सदस्य जानका रेग्मी , उपमेयरको सचिवालय प्रमुख सुशिला शाहको सहभागिता रहेको थियो । अचानक लागेको आगलागीका कारण डाँगीको घरमा रहेको अन्नपात सहित करिव ३ लाख वरावरको क्षति भएको थियो ।











