depak

दीपक शर्मा समीर

हो ! आएकै हुन्
छेपाराहरू
छेपाराहरूकै थुप्रोबाट
मेट्ने गरि रङहरूकै वासना ।

अनि पो, निमोठिएको
बिश्वासको बिज
र उब्जेको प्रश्न यहि निर
धरती र आकाश बिच
हिजोसम्म नाप्न सक्ने
आकाश जत्तिकै
उचाई बोकेका रङहरू
न आज उचाई र न आकार
खोई ती उचाई नाप्ने फित्ता
उचाई , आकार र रङहरू
बदल्न सक्छन् छेपाराहरू
न दिन्छन् बनाउन
न दिन्छन् बनाई
रङगीन सपनाको
त्यो सुन्दर सानो घर ।

यहाँ,
जस-जसले जे-जे भनेनी
लगाईदिएकै हुन
बाँकोको लेपन
अर्कैको दलालीमा
र लगाएकै हुन रङहरूको अंशबण्डा
बादरझै लाग्ने छेपाराहरू ।

जति-जति-जति चुडिएपनि,
यो मन चङ्गा झै
फूलाएकै हो
रङहरूकै बिचबाटै
एउटा सुन्दर फूल
र संङ्गालेकै हो,
सपनाको देश ।

हो ! हटाएकै हो त्यसैले
रङहरूको बिचबाट
पन्छ्याउदै-पन्छ्याउदै
छेपारा झै लाग्ने रङहरू ।।