इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ वैशाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको बताएको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणको दावी छ ।

lodखोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।