घोराही अडिसनमा १ सय ७० सहभागी १ सय ३३ छनौट
दाङ, ३० बैशाख । गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा विगत पाँचवर्षदेखि संचालन भइरहेको हिरो अफ भ्वाइस तथा उत्सर्ग डान्सिङ स्टारको पाँचौ श्रृंखलाको शनिबार घोराहीमा शुभारम्भ गरियो । कार्यक्रमका प्रमुख अतिथी गायक, संगीतकार एवं संस्कृतिविद् डा.गोबिन्द आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, कार्यक्रम निर्देशक केएल पीडित, पूर्व उत्सर्ग स्टार एवं मोडलद्वय समीक्षा पौडेल र सुप्रीया पाण्डेय र अभिनेता ज्वाला खतिवडाले संयुक्तरुपमा शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रमका अतिथीहरुले यस अभियानले कलाक्षेत्रका नवप्रतिभाहरुको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्दै कला, संस्कृतिको विकास एवं प्रवद्र्धनमा सबैले उचित ध्यान दिनु पर्ने बताउनु भएको थियो । कार्यक्रम निर्देशक केएल पीडितको अध्यक्षतामा भएको शुभारम्भ भएको कार्यक्रममा रिचा बुढाथोकीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नृत्य प्रशिक्षक एवं मोडल अंजु बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा पूर्व उत्सर्ग स्टारद्वय समीक्षा पौडेल र सुप्रीया पाण्डेयलाई सम्मान गरिएको थियो । लिटिल मिस दाङ १०१८ कि बिजेता आयुष्मा खड्का र मोडल करिना डाँगीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भसंगै गायन तथा नृत्यको अडिसन लिइएको थियो । अडिसनमा १ सय ७० जना कलाकारहरुले भाग लिएका थिए । जसमध्ये मेगा राउण्डका लागि १ सय ३३ जना छनौट भएका छन् । गायन प्रतियोगिताको निर्णायकमा शालिकराम चौधरी र माधव चौधरी रहनुभएको थियो भने नृत्य प्रतियोगिताको निर्णायकमा सरोज रेग्मी र ममता चौधरी रहनुभएको थियो ।
गायन प्रतियोगिता हिरो अफ भ्वाइसको मेगा राउण्डका लागि ४० जना छानिएका छन् । छानिनेहरुमा संतोष सुनार, किरण विक, सरला बस्नेत, सुशीला कुमारी ठाकुर, हेमन्त भण्डारी, रंजित परियार, प्रमेश पाण्डे, हुर्मत पुन, अनिता सापकोटा, विजय पुनमगर, आयुष्मा रावत, नीता घर्तीमगर, सन्ध्या रानामगर, गमी बाँठामगर, निशान रोकामगर, सारह नेपाली, राधिका पुनमगर, लिलासरी रोकामगर, सीता खड्का, श्रेया गुप्ता, प्रज्वल समशेर थापा, अनुशा भूसाल, जान्वी बिष्ट, पूर्णिमा घर्तीमगर, शालिकराम रोका मगर, पार्वता घर्तीमगर, शिबु सुनार, भूमिका वली, बिहानी शर्मा, प्रकृती विक, सपना सुनार, केशब हमाल, वर्षा खत्री, एलिसा चौधरी (बि) करण विक, पदम पोख्रेल, देविका केसी, पुष्पा अधिकारी, शिशिर वली, विशाल रोका रहेका छन् ।
त्यसैगरी नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टारको मेगा राउण्डका लागि ९३ जना छानिएका छन् । छानिनेहरुमा रोनिशा पाण्डे, रोशिका हमाल, विधि आचार्य, अपेक्षा भूसाल, युनिसा केसी, निलम राई,.बिना घर्ती मगर, मिना घर्तीमगर, सिन्धु मल्ल, कमला सुनार, अस्मिता सुनार, प्रिया रोका, रोजिला वली, शर्मिला डाँगी, मन्दिरा तामाङ, हेमन्त बुढाथोकी, प्रनिशा तामाङ, आकृती चौधरी, बिशाल पाण्डे, मनोज गहतराज, शुष्मा नेपाली, सोनिया पुन मगर, .निरुता घर्तीमगर, गरिमा घर्तीमगर, करण शेर्पाइली, आकृती ज्ञवलाी, साक्षी घर्तीमगर, मोनिका बुढा, चाँदनी घर्तीमगर, विजया पुनमगर, सबिना बुढामगर, विजया रिमाल, बबिता बि.सी., रबिना बस्नेत, बन्दना न्यौपाने, सपना सुनार, कमला नेपाली, माया बस्नेत, अनुष्का धिताल, आयुष्मा पौडेल, वर्षा हमाल, संझना केसी, नमी केसी, अञ्जली बस्नेत, अमिसा घर्ती, सिर्जना घर्ती, संगीता सुनार, रेनान्सा गुरुङ, अनिस डिसी, .एलिसा नेपाली –बि.), एलिसा नेपाली (सी), इमान बुढामगर, सबिता रोका, हिरा आचार्य, वर्षा पासवान, निला केसी, रेनुका गिरी, पूजा बुढा मगर, अस्मिता चौधरी, ममता आचार्य, स्वस्तिका परियार, साइन जीएम, करुणा जीएम, सिमाना सुनार, भावना सुनार, शिला बिसी, रमिला चौधरी, सुशान्त रेग्मी, स्नेहा चौधरी, हेमराज बिक, स्मारिका बुढामगर, प्रकृति बिक, खुशी बोहरा, सुमित्रा पुन, आदित्य विक, अनमिका पोख्रेल, बिन्दू रसाइली, समीक्षा वली, सिर्जना सेजवाल, सिरिष पुन मगर, दिपा न्यौपाने, एञ्जिला चौधरी, प्रिन्स बिक, आयुश्री बिएम, निशा मरासिनी, कविता अधिकारी, सुरज बिक, सुरती चन्द, सक्षम डाँगी, शिखा रेग्मी, भविष्का केसी, सामना शर्मा, सिर्जना घर्ती क्षेत्री, सुधा जीएम रहेका छन् ।











