बेइजिङ । विकासमा अब्बल मानिने चीनले समुद्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाउन सफल भएको छ । विश्वकै अहिलेसम्मको लामो यो पुलले हङकङ-झुहाई-मकाउलाई जोड्छ । यो पुल ५५ किलोमिटर (३४ माइल) लामो रहेको चीनको सरकारी पत्रिका साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ।
यस पुलमा ६० वटा एफिल टावरको बजन बराबरको स्टिल प्रयोग गरिएको छ । यसलाई बनाउन चीनले २० बिलियन डलर ९करिब २ लाख ०८ हजार करोड रुपैयाँ० खर्च गरेको छ । शनिवार यो पुलको झलक चीनले सार्वजनिक गरेको छ। यस पुलमा धेरै गुणस्तरीय स्टील प्रयोग गरिएको छ । यस पुललाई बनाउने इन्जिनियरहरुका अनुसार यसको आयु कम्तिमा पनि १२० वर्षको हुनेछ ।
यस पुललाई बनाउन इन्जिनियरहरुले सबैभन्दा पहिले यसको फेदमा ४ मानवनिर्मित द्वीप बनाएका थिए । यी द्वीपहरुमार्फत पुललाई समुद्र मुनिको जमिनमा जोडिएको छ । समुद्रको पिँधसम्म यस पुलको जग पुर्याइएपछि ठुला समुद्री लहर, समुद्री आँधी र तुफानमा पनि पुल नडगमगाई उभिइरहने छ ।
हङकङ-झुहाई-मकाउ पुल योजनाका सह(निर्देशक यू लीका अनुसार पुलको निर्माणमा एक समय करिब १४ हजार मजदुरले काम गरेका थिए । यसका अलावा सामान ओसार्न मात्रै हर समय ३ सय जहाज जुटेका थिए । पुललाई हङकङ-झुहाई-मकाउको ट्राफिक बिना कुनै अवरोध चल्ने गरी बनाइएको छ । यस ६ लेनको पुलमा ४ सुरुङ पनि बनाइएको छ ।
समाचार अनुसार पुलको निर्माणका क्रममा यसको एक भाग हङकङको व्यस्त एयरपोर्ट रहेको मार्गसँग जोडिएको थियो । यसलाई ध्यान दिँदै इन्जिनियरहरुले पुलको करिब ६.७ किलोमिटर लामो भागलाई सुरुङमार्फत समुद्रबाट ३० देखि ४० मिटर तलबाट जाने गरी बनाइएको छ ।
हरेक दिन ४० हजार सवारी
यस पुल सञ्चालनमा आएपछि झुहाईबाट हङकङबीच बीचको यात्राको समय तीन घन्टाबाट सीधै ३० मिनेटमा झरेको छ । हरेक दिन करिब ४० हजार सवारी यहाँबाट ओहोरदोहर गर्ने अनुमान गरिएको छ ।












