सल्यान, २७ फागुन । सल्यानमा शनिवार दिउँसो भएको आगलागीबाट १६ घरगोठ जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर–७, श्रीचौरमा आगलागी हुँदा ८ घर र ८ गोठ जलेर नष्ट भएका छन् ।
छत्रेश्वरी गाउँपालिका–७, मा रहेको फेदीखोला सामुदायिक वनबाट सल्किएको आगोले वन नजिक रहेका १६ वटा घर र गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।
आगलागीबाट स्थानीय चक्रबहादुर दमाई, बेदबहादुर बोहरा, मोहन केसी, चक्रबहादुर दमाइको, खेमलाल विष्टक, शेरबहादुर केसी र कालीबहादुर केसीको घर तथा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा भएको क्षतिको पूर्ण विवरण आउन नै बाँकी छ ।











