इन्द्रेणी संवाददाता
काठमाडौँ, २७ फागुन । राष्ट्रियसभा सदस्य पदमा बिहीबार मात्रै शपथ लिएका तीन जनाले राष्ट्रपतिको चुनावमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

national sansadमतदाता नामावलीमा नाम समावेश नभएका निर्वाचक मण्डलका सदस्यहरूले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नपाउने आयोगले जनाएकबो हो ।

सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनयन गरेका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्यालले अदालती विवादका कारण बिहीबार मात्रै शपथ लिएका थिए ।

मतदाता नामावलीसम्बन्धी ऐनमा, अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन भनी स्पष्ट पारेको आयोगले जानकारी दिएको छ । फागुन २२ गते निर्वाचक मण्डलका सदस्यहरूको अन्तिम नामावली प्रकाशन भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

रातिबाट मौन अवधि सुरु
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचनको प्रचार बन्द हुने निर्वाचन आयोगले जनाएको छ ।