इन्द्रेणी संवाददाता
घोाराही, २७ फागुन । ग्राहकको मनजित्न सफल ओप्पो मोवाइलको अब दाङबाटै खरिद गर्न सकिने भएको छ । घोराहीको स्वर्गछारी इम्पेक्स प्रालिले अब दाङसहित राप्तीका सबै जिल्लामा यो कम्पनीको मोवाइल खरिदको व्यवस्था गरेको हो ।

oppoप्रालिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी मोवाइलको बारेमा जानकारी दिएको छ । कार्यक्रममा ओप्पोका राप्ती सेल्स मेनेजर हरिहर खनालले यो कम्पनीले सन् २००१ बाट आफ्नो उत्पादन शुरु गरेको र अहिलेसम्म आउदा विभिन्न गुनस्तरयुक्त मोवाइल सेटहरु बजारमा ल्याएको बताए । यो कम्पनीका मोवाइल अन्य कम्पनीभन्दा सुविधाजनक भएको उनले दावी गरे ।

प्रालिका अध्यक्ष आकाशराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले मोवाइलको गुणस्तरमा कसैसँग सम्झौत ागर्न नहुँने बताए । उनले अहिलेसम्म यो कम्पनीको मोवाइल राम्रो भएको बताए । यसभन्दा पहिले यहाँका मोवाइल पसलहरुले जिल्ला बाहिरका डिलरहरुबाट यो मोवाइलको थोक खरिद गर्दै आएको थिए ।