तुलसीपुर, १९ फागुन । तुलसीपुर नगरजेसीजका संस्थापक सदस्य एव पूर्व अध्यक्ष सुर्यप्रसाद शर्मालाई जेसीजको गुणस्तरीय शिक्षा संयोजकमा मनोनित गरेको छ । नेपाल जेसीजले सन २०१८ लागि शिक्षा संयोजकमा मनोनित गरेको हो । राप्ती बबई क्याम्पस का प्राध्यापक शर्मा तुलसीपुर नगर जेसीज एव विभिन्न संघ संस्थको नेतृत्व गरीसकेका छन् ।
युवाहरुको नेतृत्व, व्यक्तित्व विकाश, उद्धमशिलताको विकाश संग संगै समाजमा सक्रिया नागरिकको भूमिका निवाह गर्न जेसीआइको ध्येय र लक्ष्य प्राप्तीका लागि जेसीजको आधार सतम्भ जेसीज आस्थालाई अनुसासन बनाई प्रभावकारीता सहितको सक्रिय कृयाशीलताको अपेक्ष सहित नेपाल जेसीजले शर्मालाई सो पदमा मनोनित गरीएको नेपाल जेसीजले जनाएको छ ।
त्यसैविच तुलसीपुर नगर जेसीजका संस्थापक अध्यक्ष दिपेन्द्र चापागाइ, महासचिव बालाराम खड्काले जेसीजका संस्थापक सदस्य शर्मालाई बधाई ज्ञापन गरेका छन् । सनिवार संयूक्त विज्ञप्ती जारी गदै लामो समय देखि शिक्षा र समाजिक क्षेत्रमा कृयाशील शर्माको प्रगतिको कामना गदै बधाई ज्ञापन गर्दछौं भनिएको छ ।
