इन्द्रेणी संवाददाता

तुलसीपुर १९ फागुन । तुलसीपुर उपमहानगर भित्रका सहिद, बेपता परिवार तथा घाईतेहरुलाई सम्मान गरिएको छ । सहिद सप्ताहको अबशरमा माओवादी केन्द्र तलसीपुरले शनिबार एक कार्यक्रम गरी उनीहरुलाई सम्मान तथा अभिनन्दन गरेको हो । १० बर्षे जनयुद्ध र १९ दिने आन्दोलनका क्रममा सहिद, बेपता भएका परिवार तथा घाईतेहरुगरी एक सय ६८ जनालाई सम्मान गरिएको हो ।

माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहित‘अञ्जान’को अध्यक्षता तथा माओवादी केन्द्र केन्द्रीय आयोजक समिति संयोजक तथा तुलसीपुर ईञ्चार्ज रामजी चौधरी‘मिलन’को बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा पीडित परिवारहरुले आफुहरुलाई राज्यले कुनै पनि चासो नदिएको गुनासो गरेका थिए ।

साथै मुलुक परिबर्तनका लागि अहम भुमिका निर्बाह गर्न पार्टीले पनि कुनै चासो नदिएको शहिद परिवार मैना राईले बताईन् ।‘जनयुद्ध तथा बिभिन्न आन्दोलनका क्रममा आफ्नो ज्यूज्यान बलिदान दिएकालाई राज्यले सम्मान गर्न सकेको छैन्’ उनले भनिन्‘ जसले गर्दा सहित, बेपता तथा घाईतेहरुलाई झनै पीडित बनाएको छ ।’

sahid 1गुनासो गरेका थिए । त्यस अबशरमा प्रमुख अतिथि मिलनले सहिदहरुको रगतले नै मुलुक संबृद्धितर्फ उन्मुख भएको भन्दै सहिदहरुलाई राज्यले पनि उचित सम्मान दिनुपर्ने बताए । साथै पार्टी पनि सहिद, बेपता तथा घाईतेहरुलाई उचित सम्मान दिन नसकेको स्वीकार गर्दै आउँदा दिनमा पार्टीले पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता जनाए ।

अहिले पनि सहिद परिवारहरुको आर्थिक अबस्था न्यून रहेको भन्दै उनीहरुको अबस्था माथि उकास्न पार्टीले पहल थाल्ने बताए । ‘राज्य र पार्टीले सहिद, बेपता परिवार तथा घाईतेहरुलाई उचित सम्मान दिन सकेको छैन’उनले भने‘उनीहरुको सम्मानमा पार्टीले बिशेष भुमिका निर्बाह गर्ने छ ।’

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य खुसिराम चौधरीले सहिद, बेपता तथा घाईतेहरुको राज्य र पार्टीले उचित सम्मान दिनुपर्ने बताए । कार्यक्रममा बेपता परिवारको तर्फबाट लेप बहादुर बिष्टले मन्तब्य ब्यक्त गरेका थिए ।

थारु राष्ट्रिय मुक्ति मोर्चा दाङका अध्यक्ष भिम बहादुर चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण माओवादी केन्द्र तुलसीपुरका सहसचिब शिबानन्द डाँगीले गरेका थिए ।