दीपक शर्मा
फागुन १९ बर्दिया । बर्दियामा सनिवार भएका अलग अलग दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउपालिका वार्ड न ६ मैनापोखरबाट पराल लियर वासगढि नगरपालिका तर्फ जादै गरेको डल्लव दुर्घटना हुदा वासगढि नगरपालिका वार्ड न ४ का ५४ वर्षिय जगतराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी गुलरिया राजापुर सडक खन्ड अन्तर्गत मधुवन नगरपालिका वार्ड न ३ र ४ को सीमानामा पर्ने बनसेफटी जगलमा वस दुर्घटना हुदा चालक गम्भिर घाइते भएका छन । गुलरिया बाट नम्वर लिन राजापुर तर्फ जादै गरेको ना ५ ख ९३५१ नम्वरको वस दुर्घटना हुदा सो वसका चालक गम्भिर घाइते भएको थप उपचारका लागी नेपालगञ्ज लगीएको प्रहरीले बताएको छ । वसमा चालक र सहचालक मात्रै रहेका थिए सहचालक भने सकुसल रहेका छन ।