तुलसीपुर । पछिल्लो समय नेपाली सांस्कृति झल्काउने नेपाली टोपी लोप हुँदै गएको भन्दै दाङका एक शिक्षक टोपी संरक्षणमा अभियानलाई जारी राखेका छन् । बिगत ७ बर्ष देखि शान्तिनगर गाउँपालिका ४ गिधनिया निवासी ५३ बर्षका मीनबहादुर केसी टोपी संरक्षण अभियानमा लागेका छन् ।
‘शिरमा टोपी लगाउ, ठन्डी र गर्मीबाट शरिरको महत्वपूर्ण अंग जोगाउ’ भन्ने नारा लिएर नेपाली टोपी संरक्षण अभियानमा लागेका छन् । उनले टोपीमा नेपालको पहिचान जोडिएकाले नेपाली टोपी बचाईराख्नु पर्ने बताए । उनी शान्तिनगरका एक शिक्षक पनि हुन् । ‘टोपी नेपालको पहिचान हो ’ उनले भने ‘नेपाली टोपी जोगाउनु सबैको दायित्व पनि हो ।’ उनले पम्पलेट सहित ठाउ ठाउ गएर टोपीलाई बचाउनु पर्ने भन्दै सचेतना फैलाउँदै आएका छन् ।
