इन्द्रेणी संवाददाता
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि विप्लव माओवादीले त्यसको कडा प्रतिक्रिया दिएको छ ।

netra-bikram-chand-biplavपार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।

‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ। सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ।’

CPN-press-statement