Dr. Govinda KC Photo: THT File

इन्द्रेणी संवाददाता
काठमाडौं,  १७ फागुन । प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग नलगाए पुन आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

govinda-kcकेही दिन अघि पराजुलीविरुद्ध केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना दिन नसकेको भन्दै पत्र थमाउन खोजेको डा. केसीले आरोप लगाएको छ ।

हामीले माग गरेको पराजुलीको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र किर्ते भएको अब कुनै शंका नरहेको केसीको दावी छ । यस अघि पनि पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर अन्सन थालेका डा. केसीलाई प्रहरीले पक्राउ गरी अदालतको मान हानिको मुद्दा चलाएको थियो ।