इन्द्रेणी संवाददाता
काठमाण्डौ, १७ फाल्गुन  । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णीमामा पहाड र काठमाण्डु उपत्यकामा मनाइने फागु पर्व बिहीबार  मनाइँदैछ । नेपालको तराईमा भने होली पर्व पूर्णीमाको भोलिपल्ट मनाउने चलन छ ।

555925-439940-holi

वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो पर्वमा एक आपसमा विभिन्न प्रकारको रङ दलेर मनाउने गरिन्छ । नेपालमा प्रचलित विभिन्न संस्कृमिध्ये फागुपूर्तिमा आफ्नै विशिष्ट महत्वको पर्व हो । यो पर्वमा होली पर्वको रङ जस्तै जीवन रंगीन बन्न सकोस भनेर शुभकामना दिने गरिन्छ ।

होली पर्व रमाइलो पर्व हुँदा हुँदै पनि यो पर्वमा केही विकृति पनि भित्रिएका छन् । जबर्जस्ती रङ लगाइदिने, मादक पदार्थ खाने, लोला हान्ने, स्वास्थ्यलाई हानी पुग्ने रङहरुको प्रयोग गर्ने जस्ता विकृति बढेका छन् ।