काठमाडौ, १७ फागुन । अज्ञात हतियारधारीले चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि बुधबार राति ९ः३० बजे हतियारधारीले प्रहार गरेको बताइएको छ ।
घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकले बताएका छन्।