तुलसीपुर १६  फागनु । साबिक धनौरी गाबिसमा बाल क्लब गठन गरिएको छ । धनौरीका ८ वटा बिद्यालयका बिद्यार्थीहरुलाई समेटेर क्लब गठन गरिएको हो । समाजमा वातावरणीय शिक्षाको बिकास ( सीड)को आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा सञ्चालित गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि कार्यक्रम अन्तरगत क्लब गठन गरिएको हो । माबि तुलसीपुरका छात्रा अनु चौधरीको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन गरिएको हो ।

balclub

जसको उपाध्यक्षमा शिबशक्ति माबिका खिम बहादुर बस्नेत, सचिबमा शिब शक्तिकै दिपशिखा चौधरी, सहसचिबमा आधारभुत सुनडवरीकी आरती बोहरा, कोषाध्यक्षमा आर्दश आधारभुत माबिकै राधिका बिक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आर्दश आधारभतका रोहीत डाँगी, काशिपुरका कृष्णा डाँगी, प्राबि बैसाका प्रनिसा चौधरी, माबि तुलसीपुरका जितेन्द्र केसी, सुसमना वली, प्राबि बुढाडावरका मिना चौधरी चयन भएका छन् । त्यस्तै ति बिद्यालयका शिक्षक तथा सीडका सामाजिक परिचालक सम्मिलित सल्लाहकार समिति पनि चयन गरिएको छ ।

सल्लाहकार समितिमा शुरेस कुमार शर्मा, लिला बहादुर केसी, मनोहर शर्मा, खुमानन्द पौडेल, क्रिमलाल चौधरी, देवा छरिएर रहेका बाल क्लबहरुलाई संगठीत गर्न, बालबालिकाहरुको सवाललाई थप बलियो बनाउन, बालबालिकाका बिभिन्न समस्या तथा सवालहरुलाई स्थानीय तहमा पु¥याउन्, संगठीत भएर गुणस्तरीय शिक्षा लागु गराउन, समाजमा भएका तथा हुने गरेका बिभिन्न बिकृति तथा बिसंगति घटाउन, व्यबहारीक रुपमा बालमैत्री बिद्यालय तथा समुदाय बनाउन बाल क्लब गठन गरिएको हो । त्यस्तै बिद्यालयमा बालमैत्री क्रियाकलापहरु सञ्चालन गर्न, स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरुको सहभागिता गराई बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्न, बाल बालकाहरुको अधिकार लागु भए नभएको अनुगमण गर्न क्लब गठन गरिएको सीडका सहजकर्ता सीवा क्वँरले जानकारी दिईन् ।

सीडका कार्यक्रम संयोजक माधब चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी क्लब गठन गरिएको सामाजिक परिचालक सीता चौधरीले जानकारी दिईन् । यस अघि प्रकाश वलीको अध्यक्षतामा बाघमारेमा १३ सदस्यीय क्लब गठन गरिएको थियो ।