दाङ १६ फागुन । जिल्ला प्रहरी कार्यालयले होलीलाई मर्यादित बनाउन अनुरोध गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गरि होलिमा उल्छ्रिङ्कखल खालका गतिबिधि नगर्न समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह चन्दले बर्ष दिनमा आएको चाडलाई मर्यादित, भयरहीय र उल्लासका साथ मनाउन आग्रह गरेकी छिन् । होलीमा इच्छा बिपरित रङ्ग लगाउने,लोला अन्डा हान्नेहरुलाई दाङ प्रहरीले सार्वजनिक मुद्दा लगाउने समेत बताईएको छ ।

एसपि चन्दले होली र्व मर्यादित एंव एक अर्कासंग सद्भाव साट्ने गरी मनाउन आग्रह गर्दै इच्छा विपरीत होलि खेल्नेलाई सार्वजनिक मुद्धा लगाउने जानकारी दिइन् ।