दाङ, १४ फागुन । दाङको घोराही भरखरै स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालबीच प्रतिष्ठान सञ्चालनमा सैद्धान्तिक विवाद देखिएको छ ।
सैद्धान्तिक विवाद हुँदा अस्पतालको सेवा सञ्चालनमा अलमल देखिएको छ भने प्रतिष्ठान कार्यसम्पादनमा अलमलमा परेको छ । असोज २९ गते प्रतिष्ठान स्थापना भएपनि अहिलेसम्म सहजरुपमा कार्यसम्पादन गर्न नसकिएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन । उनले अहिलेसम्म अस्तपाल प्रतिष्ठानको स्वामित्वमा आउन नसक्दा समस्या देखिएको जानकारी दिइन ।
उता अझै मन्त्रालयबाट आधिकारीक रुपमा पत्र नआएकाले अस्पताललाई प्रतिष्ठानको स्वामित्वमा हस्तान्तरण गर्न नसकिएको बताए । आजको प्रदेश ट्डेमा समाचार छ ।