घोराही, १३ फागुन । घोराही उपमहानगरपालिकाको यही फागुन १५ गते गर्ने भनिएको दोस्रो नगरसभा स्थगित गरेको छ ।

ghorahinagarpalikaनगर कार्यपालिकाको आइतबार बसेको बैठकले उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीका आमा लक्ष्मीदेवी केसीको निधन भएका कारण नगरसभा स्थगित गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रमूख प्रशासकीय अधिकृत ऋषिराम केसीका आमा लक्ष्मीदेवी केसीको ७० बर्षको उमेरमा यही फागुन शुक्रबार भएको निधन प्रति दुख्ख व्यक्त गरेको । स्वर्गीय केसीको चिरशान्तीको कामना सहित श्रद्धान्जली र शोकाकुल परिवारमा बैठकले समबेदना प्रकट गर्दै शोक प्रस्ताब पारित गरेको छ ।।