तुलसीपुर, १३ फागुन । साइनिङ सन बिम एजुकेशन प्रालि तुलसीपुरको चौधौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बिद्यालय संचालक समितिका अध्यक्ष महेश सुवेदीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्र नेपालीको प्रमुख आतित्थ्यता तथा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतम र प्याव्सनका केन्द्रिय कोषाध्यक्ष सरिता देवकोटाको बिशिष्ट आतित्थ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले निजी बिद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानका चर्चा गरेका थिए ।
वक्ताहरुले राज्यले जहिले पनी निजि बिद्यालयहरुलाई बिभेद गरेको भन्दै अव अधिकार स्थानीय निकायमा आएकाले अवका दिनमा बिभेद नहुनेमा बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगर पालिका वडा नम्वर १४ का अध्यक्ष प्रर्शु ारायण चौधरी, वडा नम्वर १५ का अध्यक्ष लक्ष्मण चौधरी , कार्यपालिका सदस्य जानका रेग्मी , एन प्याव्सन दाङका सचिव ठाकुर डाँगी , अभिभावक हेमकुमार गिरीलगायतले बोलेका थिए ।
