इन्द्रेणी संवाददाता
दाङ, ११ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरीसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । आज दाङको घोराहीको स्थित तुलसीपुरमा कोणसभा गर्न लाग्दा कार्यक्रममा हस्तक्षप गरी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका जिल्ला सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओमप्रकाश चौधरी रहेका छन् ।
कार्यक्रमको तयारीस्वरुप जम्मा भएका उनीहरुलाई विना कारण चोकको साइडमा अडिरहेवला पक्राउ गरिएको विप्लव माओवादीले जनाएको छ । साथै तीननै जनालाई छिटोभन्दा छिटो रिहा गर्न पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले आग्रह गरेका छन् । अन्यथा रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी दिएको छ ।
