इन्द्रेणी संवाददाता
दाङ, ११ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको घोराहमिा फागुन ३ गतेदेखि सञ्चालन गरेको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय कृषि प्रर्दशनी मेला–२०७४’ को समय एक दिन थप गरिएको छ । थप एक दिनसँगै अब महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

28176111_10210955497875278_2126987167_nमहोत्सवमा दर्शकहरुको चाप वढ्दै गएकाले एक दिन थप गरिएको हो । महोत्सवमा कृषि प्रर्दशनी, व्यापार व्यवसायलगायतका गरी २ सय १९ स्टलहरु रहेका छन् भने बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यान, मौतको कुवा, सर्कसलगायतका मनोरञ्जनका साधन रहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ठाउँका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको स्टल राखेको छ । त्यस्तै स्थानीय रुपमा उत्पादन गरिएका अल्लोका कपडा तथा समाग्रीहरु, स्थानीय रुपमै उत्पादन भएका महलगायतका समाग्रीहरु राखिएको छ । महोत्सव अवधिभर करीव पाँच लाख दर्शकहरुले मेला अवलोकन गर्ने र झण्डै २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।