तुलसीपुर, ११ फागुन । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलको सुरुवात गर्ने भएको छ । नीति तथा कार्यक्रममा राखेर खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुवात हुने भएको छ ।

meyar tulasipurपहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विज भलिवल प्रतियोगिताको आयोजना गरिएको संयोजक अमर नेपाली माइकलले वताए ।

उनका अनुसार ५ नम्वर प्रदेशमै पहिलो पटक विज खेलको आयोजना गरिएको हो । उनले पर्यटन प्रवद्र्धन गर्नका लागि यस खालको प्रतियोगिता आयोजना गरिएको पनि वताए ।

खेलमा सहभागी हुनका लागि १९ वटै वडाका खेलाडीहरुले भाग लिन सक्ने सदस्य दिपक कुमालले वताए । हरेक वडाबाट महिला र पुरुष खेलाडीको एउटा टिमले प्रतियोगितामा भाग लिन सक्ने छन् ।