इन्द्रेणी संवाददाता
घोराही, ८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रदर्शनी २०७४ का छैठौ दिन आज मंगलवार मुलआयोजक समितिले निरिक्षण तथा अवलोकन गरेको छ ।

innnमहोत्सव मुलआयोजक समितिका संयोजक नारायणप्रसाद भुसाल, महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठ भारी, दाङ जिल्ला उद्योग वाणीज्य संघका सचिव महोत्सव प्रचारप्रसार उपसमिति संयोजक माया कुमारी पोख्रेलसहितको टोलीले महोत्सवमा राखिएका स्टलहरुको निरिक्षण गरेका हुन् ।
सो अवसरमा अल्लो धागोवाट उत्पादित सामाग्रीहरुको स्टल राखेकी महीला उद्यमी प्रेम कुमारी पुनले अरु वर्षको भन्दा यसवर्षको महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको बताएकी थिइन् ।

यस्तै अर्का उद्यमी ज्ञानप्रसाद चौधरीले महोत्सवले उत्पादित सामाग्री तथा स्थानीय उत्पादनले स्थान पाएकोमा खुशी व्यक्त गरे ।
महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठले महोत्सको छैठौ दिनसम्म आइपुग्दा महोत्सवमा उत्साहजनक सहभागीता देखिएको वताउदै ५ लाख दर्शकलाई महोत्सवको अवलोकन गराउने र २० करोडको आर्थिक कारोवार सहजै रुपमा प्राप्त गर्न सकिने बताए ।